Logo

ओलीले स्थायी कमिटीका निर्णय शानदारसँग कार्यान्वयन गर्नुभएको छ : बडाल



काठमाडौं, २२ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकका निर्णयहरु सबै मानिरहेको र अब पनि मान्ने स्पष्ट पारेका छन् ।  आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले भने,‘उहाँले स्थायी कमिटीका निर्णय शानदारसँग पालना गर्नुभएको छ । कसले भन्यो कार्यान्वयन भएको छैन् भनरे ?’

उनले कार्यकारी अध्यक्षले गर्नुपर्ने काम किन नगरेको भन्दै प्रश्नसमेत तेर्साएका छन् । उनले भने,‘स्थायी कमिटी बैठकले यति दिनभित्र पार्टी एकताका बाँकी काम गर्ने भनिएको थियो, त्यो कहाँ पुग्यो ? यो विषयमा कहीँ बहस भएको पनि सुनिँदैन् । कसैले बहस गरेको पनि सुनिँदेन् ।’ उनले हिजो पाँच जना सचिवालय सदस्यहरुको बैठक बसेको कुरा नौलो विषय नभएको जिकिर गरे । उनले भने-“यो कुन नौलो विषय हो र ? पाँच जनाको बैठक त सँधैं बसिरहेको छ नि ? “



प्रतिक्रिया दिनुहोस्