Logo

कमला ह्यारिसः अमेरिकी इतिहासमै पहिलो महिला उपराष्ट्रपति



न्यूयोर्क, कार्तिक २३ । जोसेफ रोविनेट वाइडेन अमेरिकको ४६ औँ राष्ट्रपति निर्वाचित भएका छन् । त्यस्तै, कमला ह्यारिस अमेरिकी इतिहासमै पहिलो उपराष्ट्रपतिमा निर्वाचित भएकी छन्।

आगामीज नवरी २० तारिखमा ह्वाइट हाउसमा आयोजना हुने विशेष कार्यक्रममा निर्वाचित दुबै जनाले आधिकारिक रुपमा राष्ट्रपतिको कार्यभार सम्हाल्ने कार्यक्रम रहेको छ । वाइडेन अमेरिकाको ४६ औँ राष्ट्रपति हुनेछन्। वाराक ओबामाको कार्यकालमा वाइडेन उपराष्ट्रपति रहेका थिए ।

७८ वर्षीय वाइडेन २७३ इलेक्टोरल मत पाएर राष्ट्रपतिमा विजयी भएका हुन् । कमला अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिलामात्र होइनन्, पहिलो अश्वेत र एसियन अमेरिकन महिला हुन्।

 

 



प्रतिक्रिया दिनुहोस्