Logo

पेस्तोल सहित तीन जना पक्राउ



कञ्चनपुर, २३ कात्तिक । पेस्तोल सहित तीन जनालाई बिहान प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–२ बसन्थलाका पारस मणी जोशी, केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ का दिपक भट्ट १ थान पेस्तोल र म्याग्जीन सहित पक्राउ परेका हुन् ।

बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा जुवातास खेलिरहेको अवस्थामा बुधबार साँझ आएका अपरिचित ७ र ८ जना व्यक्तिहरुले तास खेलिरहेका व्यक्तिहरुबाट नगद ३ लाख ९५ हजार र ३ थान मोबाइल लुटी फरार भएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट दैजीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त घटनामा प्रयोग भएको से.६ प २२६३ नम्बरको मोटरसाइकल र २ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ । साथै तास खेलिरहेको खेतबाट समेत प्रहरीले १ थान म्याग्जीन र २ राउण्ड गोली फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्