Logo

भक्तपुरबाट १० जुवाडे पक्राउ



भक्तपुर, २३ कात्तिक । तास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ । भक्तपुर कालोपाटीबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण दुवाकोटका नवराज श्रेष्ठ लगायत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

तास खेलिरहेको सुचना प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १२ हजार ३ सय ५० रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्