Logo

पराजयको खबर आउँदा ट्रम्प गल्फ खेलिरहेका थिए



एजेन्सी, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावमा पराजित भइसकेका छन् । तर, उनले हार स्वीकार गरेका छैनन् ।

चुनावमा पराजयको खबर सञ्चारमाध्यममा आइरहँदा ट्रम्प गल्फ खेलिरहेका थिए । उनी भर्जिनिया राज्यमा गल्फमा मस्त थिए । उनी गल्फका सौखिन हुन् । त्यसका लाग निकै रकम खर्च गर्छन् ।

अर्बपति व्यापारी ट्रम्पले रिपब्लिकन पार्टीबाट उम्मेदवार बन्दा नै सबैलाई आश्चर्यमा पारेका थिए । उनले हिलारी क्लिन्टनलाई पराजित गर्दा पनि आश्चर्यमा पारे । यसपटक उनले हारलाई सहज रुपमा लिने हुन् या होइनन् प्रतिक्षाको विषय छ ।

ट्रम्प खेलका सौखिन हुन् । बक्सिङका ठुला भिडन्तहरु गराए । टीभी शो चलाए । उनले मिस वल्र्डको आयोजक समेत बनेर काम गरेका थिए ।

राष्ट्रपतिमा पराजित ट्रम्पले अब के गर्ने हुन् स्पष्ट छैन । उनी व्यापार व्यवसायमा फर्कने हुन् या बाँकी जीवन आरामदायी तरिकाले बिताउने हुन् प्रतिक्षाको विषय छ ।



प्रतिक्रिया दिनुहोस्