Logo

अमेरिकामा बहालवाला राष्ट्रपतिमध्ये सर्वाधिक मत पाउँदा पनि ट्रम्प कसरी पराजित भए



एजेन्सी, २३ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावमा ७ करोड १० लाख मत पाए । यो अमेरिकी निर्वाचनको इतिहासमा बहालवाला राष्ट्रपतिले प्राप्त गरेको सर्वाधिक मत हो । राष्ट्रपति चुनावको उम्मेदवारले प्राप्त गरेको सर्वाधिक दोस्रो धेरै मत हो ।

यति धेरै मत पाउँदा पनि ट्रम्प कसरी पराजित भए । यसपटक चुनावमा सर्वाधिक मत खस्यो । यसले ट्रम्पलाई नोक्शान पुगिसकेको थियो ।

अमेरिकी चुनावमा इलेक्ट्रोरल मतभार मुख्य हो । राष्ट्रपति चुनाव जित्न २ सय ७० इलेक्ट्रोरल मत ल्याउनुपर्छ । राज्यहरुको फरक इलेक्ट्रोरल मतभार छ । त्यसमा पनि क्यालिफोर्निया, फ्लोरिडा, टेक्सास, जर्जिया, पेनसिल्भानिया जस्ता राज्यहरुमा मतभार बढी छ । ती राज्यहरुको मत नै महत्वपूर्ण हुने गरेका छन् । जर्जिया र पेनसिल्भानियामा वाइडेनले ट्रम्पलाई झीनो मतले पराजित गरेर ती राज्यहरुको सबै इलेक्ट्रोरल मत आफ्नो पक्षमा पार्न सके ।

विशेषगरी खामबन्दीबाट पठाइएका मतले ट्रम्प पछि परे । उनी जितको नजिक पुगिसकेको जर्जिया, पेनसिल्भानिया जस्ता राज्यहरुमा पनि पछि परे । जसले उनलाई झीनो मतले पछाडि पारिदियो । ट्रम्पले खामबन्दीको मतमाथि प्रश्न गरिरहेका छन् । कतिपय मतगणनामा आफ्ना पक्षका अवलोकनकर्ताहरुलाई हेर्न नदिएर धाँधली गरिएको आरोप लगाएका छन् ।

तर, फक्स न्युजले ट्रम्प हार स्वीकार्ने अवस्थामा रहेको उल्लेख गरेको छ । ट्रम्प अदालत गएका छन् । तर, अब उनी पराजित भइसकेकाले अदालतले अवस्था उल्टाउने सम्भावना कम छ ।



प्रतिक्रिया दिनुहोस्