एजेन्सी, २४ कार्तिक। जो बाइडेनको जीतलाई विश्व शेयर बजारले स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति पदका लागि जो बाइडेनको जीतसँगै सोमबार विश्व शेयर बजारका साथै तेलको मूल्यमा उछाल देखिएको छ । बिडेन राष्ट्रपति पदमा आएसँगै अधिक मौद्रिक प्रोत्साहनको अपेक्षासँगै शेयर बजारमा बढोत्तरी देखिएको हो ।
यसदिन एसएण्डपी ५०० का लागि ई–मिनी फ्यूचर्समा १.५ प्रतिशतको बढोत्तरी देखिएको छ । जबकि नास्डाक फ्यूचर्स २ प्रतिशतभन्दा अधिकले बढेको छ । यो अमेरिकी बजारका लागि सकारात्मक संकेतका रुपमा रहेको बताइएको छ ।
यसैगरी जापान बाहिरको एशिया–प्यासिफिक शेयर १.३ प्रतिशतले बढेर ६१३.९५ बिन्दुमा पुगेको छ । यो सन् २०१८ जनवरीपछिको उच्च बढोत्तरी हो । यो सूचक गत हप्ता ६.२ प्रतिशतले बढेर जून पछिको उच्च साप्ताहिक बढोत्तरी देखियो ।
बाइडेनको जीसँगै अमेरिकासँगको व्यापार सम्बन्ध राम्रो हुने अपेक्षासँगै यसदिन चिनीयाँ शेयर ब्लू–चिप सूचक १ प्रतिशतले बढेर कारोबारको सुरुवात गर्याे ।
यता जापानको एन२२५ सूचक २ प्रतिशतले बढ्यो, जबकि अस्ट्रेलियाको मुख्य सूचक एएक्सजेओ, हङकङको एचएसआई र दक्षिण कोरियाको केएस११ सबै सूचकमा १.७ प्रतिशतको बढोत्तरी देखियो ।
विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीका कारण चिन्तित लगानीकर्ताहरुमा बिडेनको जीतसँगै थपिएको उर्जाका कारण सोमबार तेलको मूल्यमा उछाल देखिएको छ । यसदिन ब्रेन्ट क्रुड १ डलरले बढेर प्रतिब्यारेल ४०.४८ डलर कायम भएको छ । मेरोलगानी/Photo: Agency