Logo

२४ घन्टामा १८ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं, २४ कात्तिक। कोरोना संक्रमणबाट आज थप  १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २५ सय ७१ थपिएका छन् ।

आज १७ सय ९८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ९७ हजार २४  संक्रमित भएपनि १ लाख ५९ हजार ७ सय २४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३६ हजार १ सय ७४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने ३६ हजार १ सय ७४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या  ९  सय ६७ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्