Logo

सिटी एक्सप्रेस मनी ट्रान्सफर र वेरेज रेमिट्यान्सबीच रेमिटान्स कारोबार सुरु



काठमाडौं, २४ कार्तिक । हङकङको ख्यातिप्राप्त वेरेज रेमिट्यान्स र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरुले वेरेज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने जनाईएको छ ।  सिटी एक्सप्रेससंग आबद्ध १०,००० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने छ ।

नेपालको जुन सुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र वेरेज रेमिट्यान्सको तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरे । यही नोभेम्बर ३० तारिकसम्म वेरेज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ्ग कारोबार निःशुल्क गरिएको छ । सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्