Logo

कोरोनाको खोप बन्यो, एक महिनाभित्र अनुमति प्रक्रिया अघि बढाइने



कात्तिक २४, एजेन्सी । कोरोना भाइरस अर्थात् कोभिड १९ विरुद्धको खोपमा नयाँ सफलता हात परेको उत्पादनकर्ताहरुले दाबी गरेका छन् ।

एक प्रारम्भिक विश्लेषणका अनुसार अमेरिकी कम्पनी फाइजर र बायोएनटेकले उत्पादन गरेको खोपले परीक्षणमा ९० प्रतिशत सम्मको प्रभावकारिता देखाएको हो । यो उत्पादक कम्पनीले बनाएको खोप ६ देशका ४३ हजार ५०० जनामा परीक्षण गरिएको थियो र कुनै पनि प्रकारका गम्भीर साइड इफेक्ट देखिएको छैन ।

कम्पनीले यो महिनाको अन्तिमसम्म आकस्मिक स्वीकृतिका लागि निवेदन दिने भएको छ । हालसम्म दर्जनौं कोेभिड विरुद्धका खोपहरु परीक्षणको अन्तिम चरणमा छन् तर यसले भने राम्रो सम्भावना र नतिजा देखाएको छ ।

चीनबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड ९ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् । साथै १२ लाख ६४ हजार जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् । संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो । अमेरिकामा कोरोना भाइरसबाट २ लाख ४४ हजार जनको मृत्यु भएको छ । अमोरिकामा १ करोडभन्दा धेरै व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्