Logo

कुमारी बैंकको प्रतिसेयर नेटवर्थ १४२ रूपैयाँ



काठमाडौं, कार्तिक २५ । कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४९।८९ प्रतिशतले बढी हो । बैंकले गत आव २०७६र७७ को यसै अवधिमा ४० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख रुपैयाँ रहेको छ । खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेर क्रमशः १ अर्ब ३१ करोड रुपैयाँ र ८६ करोड ५ लाख रुपैयाँ नाघेको छ ।

१२ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिमा क्रमशः १ खर्ब १६ अर्ब रुपैयाँ र १ खर्ब १० अर्ब रुपैयाँ थियो ।

बैंकको प्रतिशेयर आम्दानी १९।२५ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १४२।०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११।५८ गुणा रहेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात बढेर १।४३ प्रतिशत पुगेको छ । यस अवधिमा बैंकको आधार दर ८।४० प्रतिशत, स्प्रेड दर ४।३६ प्रतिशत, सीसीडी रेसियो ७५।३१ प्रतिशत छ र पुँजीकोष अनुपात १४।९३ प्रतिशत रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्