काठमाडौं, कार्तिक २५। एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५१.५४ प्रतिशतले घटी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६र७७ को पहिलो तीन महिनामा ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समिक्षा अवधिमा बैंकको वितरण योग्य मुनाफा १३ करोड ५९ लाख रुपैयाँ रहेको छ। त्यस्तै, खुद ब्याज आम्दानी घटेर १ अर्ब २ करोड रुपैयाँमा र सञ्चालन मुनाफा पनि घटेर ४७ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यमा ८ अर्ब ९ करोड रुपैयाँ सञ्चित रहेको बैंकको जगेडा कोषको रकम घटेर ८ अर्ब ७ करोड रुपैयाँ सञ्चित रहेको छ । त्यस्तै, रिटेन्ड अर्निङ्ग १ अर्ब ७९ करोड बाट बढेर २ अर्ब १२ करोड रुपैयाँ जम्मा भएको छ भने सेयर प्रिमियममा २३ करोड ८४ लाख रुपैयाँ सञ्चित छ ।
गत असोज मसान्तसम्ममा १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा परिचालन गरेको बैंकले जनाएको छ ।
त्यस्तै, प्रतिसेयर आम्दानी घटेर १५.७३ रुपैयाँमा झरेको छ । जुन गत आर्थिक वर्षको असोज मसान्तसम्ममा ३४।९ रुपैयाँ रहेको थियो । बैंकको प्रतिसेयर नेटवर्थ २२३.३२ र मूल्य आम्दानी अनुपात ४४.९७ गुणा कायम रहेको बैंकको विवरणमा रहेको छ ।
बैंकको निष्क्रिय कर्जा बढेर ०।२२ प्रतिशत रहेको छ । त्यस्तै, बेस रेट र स्प्रेड रेट घटेर क्रमशः ७.०७ प्रतिशत र ३.९४ प्रतिशतमा झरेको छ ।
बैंकले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद९कर समेत० गरी १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।