काठमाडौं, कार्तिक २५ । सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकहरुले संगम स्विटस् मा १० प्रतिशत छुट पाउने भएका छन् । नजिकिँदै गरेको तिहारलाई लक्षित गरि ल्याइएको यो योजनाअन्तर्गत बैंकका ग्राहकहरु उक्त छुट पाउने भएका हुन् ।
यससँगै बैंकका ग्राहकहरुले संगम स्विटसका काठमाडौं उपत्यका भित्रका कुनै पनि शाखाबाट मिठाई लगायतका सामाग्री खरिद गर्दा १० प्रतिशत छुट पाउने छन् ।
सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।