काठमाडौं, २५ कार्तिक । निःशुल्क गुर्जो वितरण अभियन्ता कमलबहादुर राजलवटले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा गुर्जोको विरुवा, धुलो प्याकेट र चिया प्याकेट वितरण गरिरखेका छन् । उनले गुर्जोको उपयोगिताबारे प्रकाश पार्दै यतिवेला काठमाडौं उपत्यकाका विभिन्न खुल्ला ठाउँमा यस्तो अभियान चलाएका छन् ।
उनकाअनुसार गत कार्तिक २३ गते विहान काठमाडौंको ईन्द्रचोकमा १७००, सिद्वीपुर ५००, पाटन दरवार स्क्वायर १५०० र हिजो कार्तिक २४ गते (मनमोहन पार्क बल्खु मा ३०० गुर्जोरोपन, टोखा नगरपालिका वडा नं. ५,६,७ मा ५००,रत्नपार्कमा १२००, थापाथलीमा २०० गुर्जोको बेर्ना बितरण गरिएको छ । उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशी, जीवन विज्ञानका प्रशिक्षक राम प्रसाद पन्थीलगायतको सक्रिय सहभागिता रहेको थियो । ती सबै कार्यक्रममा गुर्जोको चिया पनि उपस्थितिहरुलाई खुवाईएको राजलवटले जानकारी दिए ।