Logo

कागजात नभएको ५६ थान मोबाइल बरामद



काठमाडौं, २५ कात्तिक । बिल तथा कागजात नभएको ५६ थान मोबाइल आइतबार दिउँसो प्रहरीले बरामद गरेको छ । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट बिल तथा कागजात नभएको विभिन्न कम्पनीका ५६ थान मोबाइल बरामद गरेको हो ।

चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा.३ ख ३१०६ नम्बरको हाईसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा हाइसको छतमा कार्टुनमा उक्त मोबाइल फेला पारी बरामद गरेको बताएको छ ।

बरामद मोबाइलहरु आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्