Logo

कोरोना जितेकी ऋचाको सुझावः यताउति मन डुलाउनु हुँदैन



काठमाडौ, २५ कात्तिक । ३ हप्ता होम आइसोलेसनमा बसेर कोरोना भाइरसलाई जितेकी नायिका ऋचा शर्माले कोरोना जित्न मानसिक रुपमा तन्दुरुस्त हुनुपर्ने बताएकी छिन् । टाउको धेरै दुेखेपछि र स्वाद हराउँदै गएपछि पिसीआर परीक्षण गराएकी शर्मालाई कोरोना पुष्टि भएको थियो ।

३ हप्ताको निरन्तर लडाईपछि कोरोना जितेकी शर्माले आफ्नो अनुभव सेयर गर्दै आफ्नै युट्युब च्यानलबाट एक भिडियो अपलोड गरेर शुभचिन्तकहरुलाई सेयर गरेकी छिन् । उनले भिडियोमार्फत आफुले स्वास्थ्य सुरक्षा अपनाउँदा पनि संक्रमित हुन पुगेको तितो यर्थाथ बताएकी छिन् ।

उनले भनिन्, ‘लकडाउन भएदेखि नै विशेष कामले मात्र बाहिर जाँदा पनि मास्क र सेनिटाइजरको प्रयोग गर्थे, पटक पटक साबुन पानीले हात धुन्थे तैपनि कसरी संक्रमित भए अचम्म लागेको छ ।’ संक्रमण पुष्टि भएसँगै मानसिक रुपमा पनि तनाब सुरु भएको शर्माले बताएकी छिन् । शर्माले भनिन्, ‘कोरोना जित्न शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुन आवश्यक छ ।’ धेरैले संक्रमित हुनेबित्तिकै अब सकियौ भनेर सोच्नु गलत हो भन्दै आत्मविश्वास घटाउन नहुने पनि उनको भनाई छ ।

होम आइसोलेसनमा बस्दा उनले दिनमा दुई पटक वाफ लिने, हट वाटर ब्यागमा तातो पानी हालेर पेटमा राख्ने र नुन पानी प्रयोग गर्ने गरेको बताइन् । चिकित्सकको सल्लाह अनुसार शर्माले कोडोपार र जिंक औषधी सेवन गरेको पनि उल्लेख गरेकी छिन् । आइसोलेसनमा बस्दा मनलाई यतायति डुलाउन नहुने पनि उनको अनुभव छ । उनले घरमै सुरक्षित बस्दा कमेडी फिल्म धेरै हेरेर भएपनि मनलाई बाहिर जान दिइनन् । हाल उनी स्वस्थ्य भएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्