Logo

धुम्बाराही जानुअघि दाहालले भेटे ओलीलाई



काठमाडौं, २५ कार्तिक । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सचिवालयको औपचारिक बैठक बस्नुअघि दाहाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् । दाहालनिकट स्रोतले जनाएअनुसार ओलीसँगको भेटमा दाहालले तत्काल सचिवालय बैठक बोलाउनुपर्नेमा जोड दिएका थिए । दाहालले आजै पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालयको बैठक बोलाएका छन् । File Photo



प्रतिक्रिया दिनुहोस्