Logo

आज थप २२ कोरोना संक्रमितको मृत्यु



काठमाडौं,  २५ कात्तिक । कोरोना संक्रमणबाट आज थप २२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २७ सय ३६ थपिएका छन् । आज ८ सय ५३ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् ।

हालसम्म  १ लाख ९९ हजार ७ सय ६० संक्रमित भएपनि  १ लाख ६० हजार ५ सय ७७ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३८ हजार ३५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म  १५ लाख ६४ हजार २ सय १४ जनाको पिसीआर परिक्षण भएको छ भने ३८ हजार  ३५ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या १ हजार ५८ रहेको छ ।



प्रतिक्रिया दिनुहोस्