काठमाडौं, कार्तिक २६। तिहारमा ३ दिन वाणिज्य बैंकका शाखा बन्द हुने भएका छन् । बैंकिङ सेवा नियमित रूपमा प्रदान गर्दै आइरहे पनि वाणिज्य बैंकका कर्मचारीमा समेत संक्रमण दिनहुँ बढ्दै गएको भन्दै नेपाल बैंकर्स संघले कात्तिक २९ गतेदेखि मङ्सिर १ गतेसम्म तिहार बिदा गर्ने निर्णय गरेको छ । संघका अनुसार वाणिज्य बैंकमा मात्र कोरोना संक्रमित कर्मचारीको संख्या हालसम्म ६ हजारभन्दा बढी पुगेको छ ।
बैंकका सबै शाखा बन्द हुने भए तापनि डिजिटल बैंकिङ सेवा सुचारु हुने भएकाले यसबाट कारोबार गर्न संघले सुझाएको छ । साथै, एटीएम सेवा समेत यथावत् रूपमा प्रयोग गर्न सकिनेछ ।