Logo

विहार चुनावमा नितिश नेतृत्वको गठबन्धनलाई बहुमत



एजेन्सी, २६ कात्तिक । विहार विधानसभा चुनावमा नितिशकुमार फेरि मुख्यमन्त्री बन्ने निश्चित भएको छ । उनी नेतृत्वको गठबन्धनले स्पष्ट बहुमत हासिल गरेको छ ।

२ सय ४३ सिटमा नितिशको दल जनता दल युनाइटेड र भारतीय जनता पार्टीले एक सय २५ सिटमा जीत हासिल गरेको छ । यो बहुमतका लागि आवश्यक एक सय २२ सिटभन्दा केही बढी हो । तर, नितिशको दल जनता दल युनाइटेडले अघिल्लो चुनावमा भन्दा झण्डै आधा कम सिट ४३ मा जीत हासिल गरेको छ । केन्द्रको सत्तारुढ भारतीय जनता पार्टीलले विगतमा भन्दा बढी सिट जितेको छ ।

काँग्रेस आईसहितको विपक्षी गठबन्धनले ११० सिटमा जित हासिल गरेको छ । अन्यले आठ सिट जितेका छन् ।

तर, विहारमा सबैभन्दा ठुलो दल लालु यादवका छोरा तेजस्वी यादवको दल राष्ट्रिय जनता दल बनेको छ । उसले ७५ सिटमा जित हासिल गरेको छ । भाजपाले ७४ सिटमा जित हासिल गरेको छ । कँग्रेस आई विहार विधानसभामा कमजोर देखिएको छ ।

लोक जनशक्ति पार्टीले मात्र एक सिट जितेको छ । नितिश नेतृत्वको गठबन्धनबाट बाहिरिएको उक्त दलले नितिशको दललाई ठूलो धक्का दिन सफल भएको छ । जेडियुले बढी सिटमा लोक जनशक्तिको असहयोगका कारण हार व्यहोरेको छ ।



प्रतिक्रिया दिनुहोस्