Logo

बौद्धमा ‘द बर्गर हाउस’ को कर्पोरेट-अफिस भवन बन्दै



काठमाडौं, २६ कार्तिक । द बर्गर हाउस एण्ड क्रंची फ्राई-चिकेन शाखाहरुको सम्पूर्ण ब्यबस्थापन गर्ने उद्देश्यले बर्गर हाउसको मुख्य कार्यलयको स्थापना गर्ने भएको छ । हिजो एक कार्यक्रमबीच बौद्धमा बर्गरका संस्थापक बसन्त लामाले कार्यलयको शिलन्यास गरेका छन् ।

नेपालमा बर्गर अधिकांश युबा पुस्ताहरुको रोजाइमा छ । करिव ५ करोडको लगानीमा बौद्धमा कर्पोरेट हाउस बन्न लागेको जनाईएको छ । बर्गर हाउसका संस्थापक बसन्त लामाको संयोजकमा अन्य तीन जना सञ्चालक दिपक तामाङ्ग, बिनोद तामाङ्ग र सन्जिब मोक्तान रहने द बर्गर हाउसको प्रमुख बसन्त थोकरले जनाएका छन् ।

हाल सम्म उपत्यका भित्र र बाहिर गरि ४४ शाखाको कर्पोरेट हाउसअन्तर्गत रेस्टुरेन्टलाई आवश्यक फुड बेभरेज लगायतका सामग्रीहरु सम्पूर्ण कम्पनी स्वयमले उत्पादन गर्ने भएको छ । र, काठमाडौं उपत्यका बाहिरको सबै शहरमा छिट्टै शाखा विस्तार हुने संस्थापक लामाले स्पष्ट पारेका छन् । Photo : Social Media

 



प्रतिक्रिया दिनुहोस्