Logo

कोरोना कहरमा पनि सांसद बस्नेत सक्रिय, विभिन्न आयोजनाको निरीक्षण



भक्तपुर, २६ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत कोरोना कहरका बीचमा पनि सक्रिय भएर विकास निर्माणका आयोजनाको अनुगमनमा खटिएका छन् । आफ्नो परिवारमा ८ जनाको कोरोना संक्रमण पश्चात कोरोनामुक्त भई हाल निरन्तर रुपमा विकास र सामाजिक क्षेत्रमा नेतृत्व गरिरहेका सांसद बस्नेतको पाँचौ पटक परीक्षण गर्दा समेत पिसिआर नतिजा नोगेटिभ आएको छ ।

उनले भन्ने गरेका छन्,‘आवश्यक स्वास्थ्य सतर्कता र सामाजिक दुरी कायम गर्दा कोरोना सर्दैन । हप्तैपिच्छे पटक पटक संक्रमण जोखिम रेखाभित्र परेको आशंका गरिएपनि हालसम्म कोभिड–१९ को संक्रमणबाट बच्न सफल भएको छु । कोरोनाको कहरकाबीच पनि विकास र सामाजिक क्षेत्रमा अहोरात्र खटिरहेको छु । जस्तोसुकै परिस्थिती आए पनि भक्तपुरको समृद्धिको यात्रालाई निरन्तरता दिन्छु ।’

सांसद बस्नेतसहितको टोलीले हिजो मंगलबार शहरी विकास तथा भवन निर्माण विभागद्वारा विनियोजित रु १ करोडको लागतमा सूर्यविनायक नगरपालिका वडा नं १ को एनसेल टावरबाट बिरुवा पिपलबोट हुँदै बिरुवाको बसपार्क जाने बाटो ६ मिटर चौडा, विस्तार र स्तरोन्नतिको लागि भैरहेको कामको स्थलगत अनुगमन गरेको थियो ।

सडक विभागबाट विननियोजित बजेट द्वारा मध्यपुर नगरपालिका वडा नं १ लोकन्थलीको अरनीको राजमार्गबाट दक्षिण, मनोहरा खोला पुर्व, हनुमन्ते खोला र टिकाथली उत्तर पट्टीको मनोहरा आयोजना भित्रका ८ मिटर चौडा सम्पूर्ण सडकहरु (आस्फाल्ट पिच) कालोपत्रे गर्न भैरहेको कामको स्थलगत अनुगमन गरेका थिए । उनले अनुगमनका क्रममा देखिएका गल्ती तथा कमजोरिलाई सुधारेर अघि बढ्न समेत निर्देशन दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्