![](https://reportersnepal.com/wp-content/uploads/2020/08/janakraj-dahal-cdo-of-kathmandu-768x558.jpg)
काठमाडौं, २६ कार्तिक । काठमाडौंका सिडिओ जनकराज दाहालले कोरोना संक्रमणलाई जितेका छन् । संक्रमणमुक्त भएका सिडिओ दाहाल भोलिबाट नियमित काममा फर्किने भएका छन् । यसअघि दाहाल घरमै बसेका थिए । दाहालको रिपोर्ट आज (बुधबार) नेगेटिभ आएको हो । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले आफू भोलिबाट काममा फर्कने जानकारी दिए । FILE PHOTO/REPORTERSNEPAL