Logo

लागूऔषध सहित पक्राउ



काठमाडौं, २७ कात्तिक । अवैध लागूऔषध सहित एक महिला पक्राउ परेकी छिन् । बाजुराको हिमाली गाउँपालिका–६ धुलाचौरस्थित सडकबाट करिब ४ सय ग्राम चरेश जस्तो देखिने कालो पदार्थ सहित सोही स्थानकी ३५ वर्षीया चिनकला रोकायालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी धुलाचौरबाट खटिएको प्रहरीले से.१ च १५१० नम्बरको जीप जाँच गर्ने क्रममा जिपमा सवार रोकायाको साथबाट उक्त परिमाणको अवैध लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्