Logo

राष्ट्रपति भण्डारीले सक्रिय भूमिका खेल्नुभएको छैन्, मिडियामा सरासर गलत कुरा आए : सल्लाहकार यादव (भिडिओसहित)



काठमाडौं, २८ कार्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीका सल्लाहकार लालबाबु यादवले राष्ट्रपति भण्डारी संविधानको संरक्षक भएकोले पार्टीभन्दा माथि रहेर आफ्नो भूमिका खेलिरहेको स्पष्ट पारेका छन् । उनले राष्ट्रपति भण्डारीले कुनैपनि सक्रिय भूमिका नखेलेको जिकिर गरे । उनले भने,”उहाँले सक्रिय भूमिका खेल्नपनि आवश्यक छैन् ।”

पछिल्लो समय नेकपाका नेताहरुले भेट्न खोजेकोले राष्ट्रपतिले भेट दिएको पनि यादवले स्पष्ट पारे । प्रजातन्त्रको लागि राजनीतिक दलहरु भनेको मेरुदण्ड भएको उनले सबै दलहरु मिलेर अघि बढ्नुपर्छ भनेर राष्टपति भण्डारीले आग्रह गर्ने गरेको पनि सुनाए । उनले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपति भण्डारीले वर्तमान सरकारलाई सहयोग गर्न भनेर आग्रह नगरेको पनि जिकिर गरे । हेरौं यादवसँग पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा गरेको कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्