काठमाडौं, २८ कार्तिक । अमेरिकी सरकारले नेपाल सरकारलाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लु बेरीले १ सय थान भेन्टिलेटर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेका हुन्।
मन्त्री ढकालले भेन्टिलेटर सहयोगका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई धन्यवाद दिँदै अति आवश्यक स्वास्थ्य संस्थामा भेन्टिलेटर प्रयोग गर्ने बताए। कोरोनाविरुद्धको लडाईमा सहयोग पुर्याउने उद्देश्यले अमेरिकाले नेपाल सरकारलाई सहयोग गरेको दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।