Logo

सिपी गजुरेलको दाबी : ‘नेकपा फुट्दैन्, तर अहिलेको झगडा चलिरहन्छ’



काठमाडौं, २८ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का शीर्ष नेता सिपी गजुरेलले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनैपनि हालतमा नफुट्ने जिकिर गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,”नेकपाभित्रको यो झगडा चलिरहन्छ । यो किन चलिरहन्छ भने यो टुँग्गिनको लागि त पार्टी विभाजित भएपछि टुँग्गिने हो । तर, म यो पार्टीको विभाजन हुने म देख्दिन् । अब यहाँ सबैको स्वार्थ जोडिएको छ । पार्टी विभाजित हुने बित्तिकै खाईपाई आएको सुविधा दुवै पक्षले पाउँदैनन् । त्यसकारण उनीहरुले यो पार्टी विभाजन गर्ने स्थिति हुँदैन् ।”

नेता गजुरेलले नेकपाभित्र आरोपप्रत्यारोपमात्रै नभएर पर्सामा दुई पक्षबीच भीडन्तमा मान्छे मरिसकेको अवस्था सुनाउँदै नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवैको स्वार्थ मिल्ने गरेको सुनाए । पर्सामा त्यस्तो अपत्यारिलो घट्ना हुँदापनि नेकपा एक भइरहनुले पार्टी तत्काल नफुट्ने उनको दाबी छ । नेकपाभित्रको अन्तरसंघर्ष पहिले नै चरम अवस्थामा पुगेको उल्लेख गर्दै त्यतिवेला माधव नेपाल समूहले पार्टी बैठक बोलाउनुपर्ने अडान राखेकोमा अध्यक्ष दाहाल नै तयार नभएको गजुरेलले सुनाए ।



प्रतिक्रिया दिनुहोस्