Logo

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको सख्या १२०२ पुग्यो



काठमाडौं, २८ कात्तिक। कोरोना संक्रमणबाट आज थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या १२०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२४ घन्टामा नयाँ संक्रमित २१ सय ११ थपिएका छन् । आज  ३६ सय ३७  जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म २ लाख ६ हजार ३ सय ५३ संक्रमित भएपनि १ लाख ६८ हजार १ सय २९ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३७ हजार २२ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्