Logo

उपत्यकामा आज १२०७ संक्रमित थप



काठमाडौं, २८ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन  १२ सय ७ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २१  सय ११ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १२ सय ७ जना थपिएसँगै जोखिम बढेको छ ।

त्यसैगरी आज २४ घन्टामा ३५३७ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या  १ लाख ६८ हजार १ सय २९  रहेको छ । देशभर कुल संक्रमितको सख्या २ लाख ६ हजार ३ सय ५३ पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका  १२ सय ७ जना मध्ये ५२६ महिला र ६८१ पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार आज  काठमाडौंमा ९१९, भक्तपुरमा १०८ र ललितपुरमा १८०  जनामा कोरोना पुष्टि भएको हो।



प्रतिक्रिया दिनुहोस्