Logo

राष्ट्रपतिमा विजयी घोषित हुनेमा ट्रम्प अझै विश्वस्त



एजेन्सी, २९ कात्तिक । अमेरिकी राष्ट्रपति निर्वाचनमा जोय वाइडेनलाई जितको बधाई मिलिरहेको छ । उनलाई विश्वभरका नेताहरुले जीतको बधाई दिइसकेका छन् । तर, पराजित भनिएका बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्प आफू जित्नेमा अझै विश्वस्त छन् ।

ट्रम्पले सार्वजनिक रुपमा अभिव्यक्ति दिदै निर्वाचनमा विजयी घोषित हुनेमा विश्वस्त रहेको संकेत गरे । उनले भने, कहिले मेरोविरुद्ध बाजी मार्न नआऊ ।
ट्रम्प पराजित भएको भनिएका राज्यहरुमा पुनः मतगणना गर्दा जित्ने दाबी गरे । विस्कनसिन र एरिजोनामा पुनः मतगणना गर्दा जित्ने ट्रम्पको दाबी छ । उनले जर्जियालगायत राज्यहरुमा पनि जित्नसक्ने विश्वास व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले मतगणनामा गडबडी भएको र खामबन्दी मतपत्रमाथि प्रश्न गरेका छन् । उनले अदालती प्रक्रिया पनि चालेका छन् ।



प्रतिक्रिया दिनुहोस्