Logo

नयाँ व्यावसायिक एवम् औद्योगिक प्रष्ठिान सञ्चालनमा



वाग्मती, २९ कात्तिक: वाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा २५ वटा नयाँ व्यवसायी तथा औद्योगिक प्रतिष्ठान सञ्चालनमा आएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जबाट नापतौल यन्त्रको जाँच अनुमतिपत्र लिएर कारोबार शुरु गरेको कार्यालय प्रमुख शशिभूषण कुमार यादवले जानकारी दिए । ती प्रतिष्ठानहरुले व्यवसाय सञ्चालनका लागि अन्य कानूनी प्रक्रिया पूरा गरेको बताइएको छ ।

उद्योग वाणिज्य सङ्घ हेटाँैडाको अनुरोधमा सो कार्यालयबाट खटिएको टोलीले हेटौँडाका उद्योग तथा व्यवसायको नापतौल यन्त्रको जाँच, नवीकरण र जरिवाना तथा नयाँ इजाजत पत्र प्रदान गरेको जानकारी दिइएको छ । सो कार्यालयका सहायक निरीक्षक वीरेन्द्र उपाध्यायको नेतृत्वमा खटिएको टोलीले विगत एक हप्तामा सो इजाजत प्रदान गरेको जानकारी दिए ।

टोलीले २३९ व्यावसायिक फर्मको नापतौल यन्त्रको जाँच गरी नवीकरण तथा २२९ व्यावसायिक फर्ममाथि कारबाही तथा जरिवाना समेत गरेको छ । तोकिएको समयमा नापतौल यन्त्रको जाँच नगराउने र तौलमा ठगी गरेको पाइएपछि रु ५० देखि रु ८०० सम्म प्रतिव्यवसायीलाई जरिवाना र कारबाही गरेको बताइएको छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्