Logo

प्रचण्डमाथि खनिए केशब बडाल, दिए यस्तो चेतवानी (भिडिओसहित)



काठमाडौं, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य केशब प्रसाद बडालले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनलाई प्रतिवेदन भन्न नमिल्ने भन्दै अभियोजन पत्रको संज्ञा दिएका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“प्रतिवेदन त भन्न मिल्दैन त्यसलाई, अभियोगपत्र दर्ता भएको छ भन्ने जानकारी आएको छ । यो अभियोगपत्र हो, यसलाई प्रतिवेदन भनेर प्रतिवेदनको प्रतिष्ठालाई कमजोर बनाउनुहुँदैन् । प्रतिवेदन भनेर ल्याईएपनि यो प्रतिपक्षबाट आउने अविश्वासको प्रस्तावजस्तो छ । उनले अध्यक्ष दाहाललाई अभियोगपत्र फिर्ता लिन आग्रह गरेका छन् । र, भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णयबमोजिम अघि बढ्न र आ आफ्नो दायित्व वहन गर्न पनि उनले आग्रह गरे ।”



प्रतिक्रिया दिनुहोस्