Logo

मेक्सिकोमा कोभिड–१९ बाट १० लाखभन्दा बढी सङ्क्रमित



३० कात्तिक: मेक्सिकोमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार १० लाखभन्दा बढी पुगेको मेक्सिको सरकारले जनाएको छ ।

विगत २४ घण्टामा मेक्सिकोमा कूल पाँच हजार ८६० व्यक्तिमा थप सङ्क्रमण पुष्टि भएको र यो संगै अहिलेसम्म १० लाख तीन हजार २५३ व्यक्ति सङ्क्रमित भएका स्वास्थ्य मन्त्रालयका रिकार्डो कोर्टसले भने ।

मेक्सिकोमा आइतबारसम्म ९८ लाख २५९ व्यक्तिको मृत्यु भएको छ । विगत २४ घण्टामा मेक्सिकोमा ६३५ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको थियो ।

मेक्सिको अमेरिका, भारत, ब्राजिलपछि कोभिड–१९ का कारण बढी मृत्यु दर रहेको मुलुक हो । मेक्सिको सङ्क्रमणका हिसाबले ११ औँ बढी प्रभावित मुलुक हो ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्