Logo

माधव नेपालसँग प्रधानमन्त्री ओलीले भने : प्रचण्डको प्रस्तावमा छलफल गर्दिन्



काठमाडौं, ३० कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरेका छन् । बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नसकिने जवाफ दिएका थिए ।

स्रोतकाअनुसार ओलीले प्रचण्डको प्रस्तावलाई वाहियता र झुठको संज्ञा दिएका थिए । छलफलमा महासचिव तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलको पनि सहभागिता रहेको थियो । नेता नेपालसँग छलफल गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका थिए । पछिल्लो समय ओलीले छलफल र भेटवार्तालाई निरन्तरता दिईरहेका छन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्