Logo

प्रचण्डको प्रस्ताव आरोपको लागि आरोपमात्रै हो, यसले हामी दुःखी छौं : कर्ण थापा (भिडिओसहित)



काठमाडौं, १ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य कर्ण बहादुर थापाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा राखेको राजनीतिक प्रतिवेदन आरोपमात्रै भएको टिप्पणी गरेका छन् । उनले प्रचण्डको प्रस्तावले पार्टी एकतालाई मजबुद नबनाउने भन्दै आम नेता तथा कार्यकर्ता दुःखी रहेको सुनाए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली देश र जनतालाई केन्द्र र हितमा राखेर काम गरेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्