Logo

ओली र दाहाललाई गैरेको चेतावनी : व्यक्तिगत स्वार्थ नत्यागे ठीक हुँदैन् (भिडिओसहित)



काठमाडौं, २ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य ठाकुर गैरेले शीर्ष नेताहरुलाई व्यक्तिगत स्वार्थमा अघि बढ्ने छुट नभएको टिप्पणी गरेका छन् । उनले मंसिर १५ गते तय भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र अहिले उठेका विषयमा निर्मतापूर्वक छलफल हुने स्पष्ट पारे । उनले पार्टीलाई नीति र विधिप्रधान बनाउनुपर्नेमा जोड दिए । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सचिवालय बैठकमा पेश भएको राजनीतिक प्रतिवेदन कुन छलफलयोग्य र कुन खारेजयोग्य छन् ? भन्ने विषय सचिवालयकै बैठकमा छलफल हुनुपर्ने माग उनको माग छ । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्