Logo

के पुनः विवाह गर्दैछन् प्रभु देवा ?



एजेन्सी, २ मंसिर । अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभुदेवा हाल व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । अब उनले फेरी एक पटक विवाह गर्ने जानकारहरुले बताइरहेका छन् । २०११ मा प्रभुदेवाले पत्नी लतासँग सम्बन्ध बिच्छेद गरेका थिए ।

भारतीय समाचार अनुसार प्रभुदेवा भांजीसँग डेटीङमा व्यस्त छन् । उनीहरु चाडैनै विवाह बन्धनमा बाधिनेछन् । तर यसबारेमा प्रभुदेवा र उनका टिमले कही बताएको छैन् । प्रभुले १९९५ मा रामलतासँग विवाह गरेका थिए । दुवैका ३ सन्तान थिए, तर २००८ मा ठुलो छोराको क्यान्सरको कारण निधन भएको थियो । २०११ मा दुवैले आधिकारीक रुपमा अलग भएका थिए । एक रिपोर्टका अनुसार दक्षिण भारतीय सिनेमाकी कलाकार नयनताराको कारण प्रभुदेवाको चलिरहेको विवाह टुटेको थियो ।

हाल प्रभुदेवाले सलमान खानको फिल्म ‘राधे’को निर्देशन गरिरहेका छन् । यसको साथै उनी तमिल फिल्म पोन मनिकावेल र युंग मुंग सुंग र बघीरामा काम गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्