Logo

यी पाँच बानी भएकाका लागि राम्रो हुने ‘वर्क फर्म होम’



मानिसहरुले कोभिड–१९ को कारण ‘वर्क फर्म होम’ अर्थात घरबाट काम गरेको पनि लगभग ९ महिना भईसकेको छ । घरैमा बसेर पनि कार्यालयको काम राम्रोसँग भइरहेको छ । घरबाट काम गर्दा धेरै शरीरलाई आराम मिल्छ । काम र जीवनको सन्तुलन पनि राख्न सकिन्छ । घरबाट काम गर्नु चुनौतिपुर्ण भएपनि केही आदत स्वास्थ्यको लागि राम्रो हुन्छ ।

प्रस्तुति गर्नेको दबाब र ब्रेक लिनेको आदतः कर्मचारीलाई कामको धेरै दबाब हुनेमा कसैको दुईमत छैन् । कार्यालयमा नै बसेर खाजा खानाले न त साथीहरुसँग गफ गर्ने बानी हुन्छ नत ब्रेक नै लिइन्छ । तर समय समयमा ब्रेक लिएर गहिरो सास फेर्न वा योग गर्नु आवश्यक हुन्छ । यसरी फ्रेस भएमा काममा थप ध्यान जानुको साथै काममा केन्द्रित हुन सकिन्छ ।

व्याकुलताबाट जोगिनेः घरमा कयौपटक बच्चाहरु वा आवाजहरुले गर्दा व्याकुलता हुन्छ । बच्चाहरुको कारण काममा ध्यान केन्द्रित गर्नमा समस्या हुन्छ । त्यसको लागि कामको विभाजन गरेर कार्यतालिका बनाएर काम गर्न सुरु गर्नुपर्छ ।

एक्लो महसुस नगर्नुहोस्ः काम मात्र धेरै गरिरहँदा एक्लो महसुस हुनसक्छ तसर्थ ब्रेकको समयमा साथीहरु र परिवारसँग कुरा गरिरहनुहोस् । यसले आफूलाई अफिसमा नै छु भन्ने महसुस हुन्छ ।

काम र जीवनको सन्तुलन कायम राख्नुहोस्ः कार्यालयको मात्र काम गर्दा जीवनका सन्तुलन बिग्रन सक्छ त्यसैले घरको काममा पनि ध्यान राख्नुपर्छ । घरमा पनि व्यक्तिगत काम र कार्यालयको काम साझा गर्न सकिन्छ ।

भिडियो बैठकको थकानबाट बच्नुहोस्ः दिनहुँ हुने भिडियो बैठकले मानिसहरुलाई दिक्क बनाएको हुन्छ । भिडियो कलमा पनि बेला बेलामा ब्रेक लिनुपर्छ । भर्चुअल बैठकको विकल्पहरुको खोजी गरि मद्दत लिनुहोस् । यी सुझावहरुको अनुसरण गर्नसक्नु हुन्छ ।

  • कुनै समस्या भएमा सहकर्मीसँग मद्दत लिने
  • जुन काम गर्न जादैँहुनुहुन्छ त्यसको बारेमा धेरै नसोच्ने
  • तपाइँ के गर्दै हुनुहुन्छ त्यो पनि याद राख्नुपर्छ ।
  • स्क्रीन समयमा धेरै नसोच्ने
  • वर्क फर्म होमको क्रममा आफ्नो र परिवारको लागि पर्याप्त समय निकाल्ने ।


प्रतिक्रिया दिनुहोस्