काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले पार्टीभित्र देखिएका अहिलेका सबै समस्याको समाधान बैठकबाट खोजिनुपर्नेमा जोड दिएका छन् । उनले फुट र विभाजनजस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही पनि नलागौं भनेर अपिलसमेत गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमार्फत डा. रावलले यस्तो भनाई राखेका छन् । उनले लेखेका छन्-“नेकपा एकीकरणको घोषणा, राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी र कार्यदलको प्रतिवेदनमा आधारित स्थायी कमिटीको निर्णय, विधान र पद्धतिको पालना नै समस्याको समाधान हो ।बैठकबाट समस्याको समाधान खोज्नुपर्छ।फुट र विभाजन जस्तो देश र जनतालाई धोका र पार्टीप्रति गद्दारी हुने कुकर्ममा कोही नलागौं।”