Logo

ओलीलाई हटाउनैपर्छ : डा. भट्टराई



काठमाडौं, ३ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनैपर्ने स्पष्ट पारेका छन् । सत्तारुढ दल नेकपाको झगडा कसरी टुँग्याउने भन्ने उसको कुार भएपनि राज्य र जनताको मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्ने भट्टराईको भनाई छ ।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले लेखेका छन्,-“नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन;२.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।”



प्रतिक्रिया दिनुहोस्