Logo

कुटपिट गर्ने २ जना पक्राउ



सुनसरी, ४ मंसिर । गाली गलौज गरी हातपात गरेको अभियोगमा २ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ईटहरीको माझी टोलमा २ जनालाई गाली गलौज गरी हातपात गरेको अभियोगमा २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा ईटहरी उमहानगरपालिका–५ कासमिर वराल र सोही ठाउँ बस्ने सुजन लिम्वु रहेका छन् । आइतबार उनीहरुले २ जनालाई कुटपिट गरेको जानकारी पाउँना साथ ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनीहरुलाई बजारमा लुकीछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको बताएको छ ।

उनीहरुमाथि जिल्ला प्रशासन कार्यालय सुनसरीवाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्