Logo

विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बने एलन मस्क



एजेन्सी, ४ मङ्सिर। कोरोना भाइरस महामारीका कारण केही कारोबारीलाई नोक्सान भइरहेका बेला अर्कातर्फ स्पेस एक्स र टेस्लाका प्रमुख एलन मस्क सम्पत्तिमा वृद्धि भएर विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

ब्लूमबर्ग बिलेनियर इन्डेक्सका अनुसार मस्कको कुल सम्पत्ति बढेर ११० अर्ब डलर पुगेको छ । योसँगै उनी विश्वको तेस्रो सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

हालैमा एलन मस्कको रकेट कम्पनीले चार एस्ट्रेनस्ट्सलाई अन्तरिक्षमा पठाएको छ। यसैगरी इलेक्ट्रिक कार कम्पनी टेस्लालाई एस एण्ड पी५०० कम्पनीको सूचीमा शामिल गरिएको छ।

त्यसको एक दिन पछि नै एलन मस्कको सम्पत्तिमा ७ अर्ब ६१ करोड डलर बढोत्तरी भएको छ । यसैगरी वार्षिक आधारमा हेर्ने हो भने एलन मस्कको सम्पत्तिमा हालसम्म ८२ अर्ब डलरले वृद्धि भएको छ ।

शीर्ष ५०० अर्बपतिहरुमा एलन मस्कको सम्पत्तिमा यस वर्ष सबैभन्दा धेरै बढोत्तरी भएको छ । वार्षिक सम्पत्तिमा सबैभन्दा अधिक वृद्धिको मामलामा दोस्रो स्थानमा अमेजनका संस्थापम जेफ बेजोस रहेका छन्, जसको सम्पत्तिमा यस वर्ष करिब ७० अर्ब डलर वृद्धि भएको छ ।-मेरोलगानी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्