Logo

प्रभासको मेगा बजेटको फिल्म ‘आदिपुरुष’ को रिलिज मिती तोकियो



एजेन्सी, ४ मंसिर । साउथ सुपरस्टार प्रभासको आउने फिल्म ‘आदिपुरुष’ हाल चर्चामा छ । भर्खरै मात्र यस फिल्मको रिलिज मिती घोषणा गरिएको छ । प्रभासको यो मेगा बजेटको फिल्म २०२२ मा रिलिज हुने भएको प्रभास आफैले जानकारी दिएका हुन् ।

प्रभासले फिल्मको टाइटल पोस्टर इन्स्टाग्राममा रिलिज गर्दै क्याप्सन लेखेका छन्, ‘आदिपुरुष ११.०८.२०२२ सिनेमाघरमा’ । फिल्ममा बाहुबलीका अभिनेता प्रभाव लिड रोलमा हुनेछन् र उनले नै आदिपुरुषको भुमिका निभउने छन् । यो फिल्म रामायणको कहानीबाट प्रेरित छ । फिल्ममा सैफ अलि खानले लंकेशको दमदार भुमिका निभाउनेछन् ।

‘आदिपुरुष’ फिल्म एक मेगा बजेटमा निर्माण हुँदैछ । फिल्मलाई ओम राउतले निर्देशन गर्नेछन् । फिल्मको टि–सीरीजलाई भुषण कुमारले प्रोड्युस गरेका छन् । यस फिल्मलाई हिन्दीसहित अन्य ५ भाषाहरु तमिल, तेलुगु, कन्नड र मलयालममा रिलिज गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्