Logo

युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको निमित्त सिईओमा पौडेल नियुक्त



काठमाडौं, ४ मंसिर । युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको निमित्त नायब प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । कार्तिक २४ गतेबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईको करार अवधि समाप्त भई बिदाई पश्चात नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत उपासना पौडेललाई कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृत तोकिएको कम्पनीले जानकारी गराएको छ । साथै उनको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासको अवधिमा गत बर्षको तुलनामा बीमाशुल्क आर्जनमा ४४ प्रतिशतको भारी बृद्धि गर्न सफल भएको पनि कम्पनीले स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्