Logo

पत्रकार ऋषि धमला कोरोना संक्रमणमुक्त, स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभार प्रकट



काठमाडौं, ८ मंसिर । रिपोर्टर्स क्लब नेपालका सभापति, प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष, नेपाली रेडियो नेटवर्कका अध्यक्ष एवम् रिपोर्टर्स नेपाल डटकमका सञ्चालक तथा प्रधान-सम्पादक ऋषि धमला कोरोना संक्रमणमुक्त भएका छन् । पत्रकार धमलाले आफूले १५औं दिनमा कोरोना संक्रमण जितेको जानकारी गराएका छन् । धमलाले आफूलाई स्वास्थ्यलाभको कामना गर्ने र विभिन्न माध्यमबाट सहयोग गर्ने सबैप्रति आभार प्रकटसमेत गरेका छन् । पत्रकार धमलाले सामाजिक सञ्जाल फेशबुकमार्फत आफू संक्रमणमुक्त भएको जानकारी गराएका छन् । उनले लेखेका छन्-

https://www.facebook.com/rishi.dhamala.1/posts/3440310069416414

कोरोना संक्रमण भएको १५औं दिनमा आज म संक्रमणमुक्त भएको जानकारी गराउँदछु । संक्रमण पुष्टि भएसँगै (कार्तिक २३) गते नै म ‘होम–आईसोलेसन’मा बसेको थिएँ । यो अवधिमा म जनस्वास्थ्यविज्ञ तथा चिकित्सकहरूसँगको नियमित परामर्शमा थिएँ । संक्रमण पुष्टि भएपछि मलाई विभिन्न माध्यमबाट स्वास्थ्यलाभको कामना गर्ने सबैप्रति आभारी छु । सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनज्यू, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराज्यू, सभामुख अग्निप्रसाद सापकोटाज्यू, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाज्यू, विभिन्न दलका नेतागणहरु, माननीय मन्त्रीज्यूहरु, माननीय सांसदज्यूहरु, कलाकारज्यूहरु, साहित्यकारज्यूहरु र मिडियाकर्मी मित्रहरु र विशेषगरि नेपाली जनताप्रति म आभारी छु र यही धेरै–धेरै धन्यवाद भन्न चाहन्छु । म ‘होम–आईसोलेसन’ मा रहेपनि टेलिभिजन (प्राइम टाइम्स टेलिभिजन) र रेडियो (नेपाली रेडियो नेटवर्क) का मेरा नियमित कार्यक्रमहरु ‘जनता जान्न चाहन्छन्’ र ‘नेपाली बहस’ सदाझैं प्रसारण भए । कुनै दिनपनि मैले कार्यक्रम रोकिनँ । म आम दर्शक तथा श्रोताप्रति सधैं आभारी छु । यहाँहरुको माया, साथ, सहयोग, स्नेह र हौसला नै मेरो प्रेरणाको स्रोत हुन् । स्वदेश तथा विदेशमा रहनुहुने नेपाली जनताहरुको सद्भाव म कहिल्यै पनि बिर्सिन्न् । यहाँहरुले सामाजिक सञ्जालमार्फत गर्नुभएको शिघ्र स्वास्थ्यलाभको कामना र जुन माया र स्नेह देखाउनुभयो यसप्रति म सधैं आभारी छु । यस अवधिमा नियमित स्वास्थ्य परामर्श गर्नुहुने वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दिक्षित, वरिष्ठ चिकित्सक डा. भोला रिजाल, चिकित्सकहरु डा. मनोज यादव, डा. सागरकुमार राजभण्डारी, डा. रवीन्द्र पाण्डे, डा. शेरबहादुर पुन, डा. अनुप बास्तोला, डा. रमेश आचार्य र मेरो परिवारका सदस्यहरुलगायत सबैप्रति म आभारी छु । कोरोना संक्रमणलाई जित्नको लागि हामी एकजुट भएर लड्नुपर्छ । सबैले जनस्वास्थ्यका मापदण्ड अपनाऔं । धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्