Logo

प्रधानमन्त्री ओली र सभापति देउवाबीच ‘पावर-सेयरिङ’बारे कुराकानी भएको छैन् : साउद (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता एन.पी. साउदले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो पार्टीका सभापति शेरबहादुर देउवाबीच पावर सेयरिङबारे कुराकानी नभएको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद आन्तरिक विवाद भएको कारणले त्यसमा आफूहरुको चासो र चिन्ता नभएको पनि उनको भनाई छ । उनले भने,‘अर्को पार्टी टुट्ने, फुट्ने कुरामा हामीले भाग लिने कुरा छैन् । नेपाली कांग्रेसको संस्थागत निर्णय के हो भने हामी आफ्नो पार्टीको महाधिवेशनमा जाने । प्रमुख प्रतिपक्षको रुपमा सशक्त भूमिका खेल्ने हो । यो नै हाम्रो आधिकारिक निर्णय हो ।



प्रतिक्रिया दिनुहोस्