Logo

करदाता सेवा कार्यालयको कर्मचारी बताउने बिचौलिया ढकाल पक्राउ



काठमाडौं, ८ मंसिर । आफुलाई करदाता सेवा कार्यालयको कर्मचारी बताउने बिचौलिया मोहनलाल ढकालमाथि अख्तियारले मुद्दा दायर गरेको छ । करदाता सेवा कार्यालय इलामको कर्मचारी बताउने बिचौलिया ढकालले फर्मको स्थायी लेखा नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेको सुचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई अनुसन्धान गर्दा सेवाग्राहीबाट फर्मको स्थायी लेखा नम्बर लिनका लागि दर्ता प्रक्रिया मिलाइदिने भनि १० हजार घुस लिएको पुष्टि भएको थियो ।

उनलाई कानुन बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्