Logo

प्रहरी जवानमाथि अख्तियारको मुद्दा



काठमाडौं, ८ मंसिर । सशस्त्र प्रहरी जवान उमेश महतो चौहानमाथि अख्तियारले भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

महोत्तरी, गौशाला नगरपालिका, रामनगरस्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी जवान महतो चौहानले घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा चौहानले सेवाग्राहीलाई घरको काठ दाउरा ओसारपसार गर्ने काममा सहजीकरण गरिदिएवापत १७ हजार ६ सय रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।
चौहानमाथि कानुन बमोजिम सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्