Logo

प्रधानमन्त्रीले हठ त्याग्नुहुन्छ, कि कम्प्रमाईज गर्नुपर्यो कि राजीनामा दिनुपर्यो : बिडारी (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता तथा सांसद रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीले हठ त्याग्ने स्पष्ट पारेका छन् । आज राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने-“हाम्रो प्रधानमन्त्री हठी भन्छन्, मेरो बिचारमा प्रधानमन्त्री हठ देखाउँदै देखाउँदै गएर अन्तिममा उहाँले देश र जनतालाई सम्झेर, यो चाहीँ व्यवस्था संरक्षण गर्न सम्झेर कम्युनिष्ट आन्दोलन र कम्युनिष्ट पार्टीलाई सम्झेर आफूले जे गर्नुपर्ने हो, त्यो गर्नुहुन्छ, यतापति जानैपर्दैन् ।” उसो भए प्रधानमन्त्री ओलीले राजीनामा दिनुहुन्छ भन्ने तपाईँको निश्कर्ष हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,अन्त्यमा केही सिप नलागेपछि दिनुपर्यो । किन कम्प्रमाईज हुनुपर्यो कि राजीनामा दिनुपर्यो । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्