Logo

बेलिजका प्रधानमन्त्री ब्रिसेनो कोरोनाबाट सङ्क्रमित



९ मङ्सिर: बेलिजका प्रधानमन्त्री जोन ब्रिसेनोलाई कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार वक्तव्य जारी गर्दै उनी कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको हो ।

प्रधानमन्त्री ब्रिसेनो कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि अहिले आइसोलेसनमा बसेका छन्, प्रधानमन्त्री कार्यालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

कार्यालयका अनुसार उनी आगामी दुई हप्तासम्म आइसोलेसनमै बस्नु हुनेछ । त्यसपछि उनले पुनः परीक्षण गर्ने कार्यालयले जनाएको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको विवरण अनुसार बेलिजमा अहिलेसम्म पाँच हजार १८३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी कोरोनाकै कारण बेलिजमा अहिलेसम्म ११६ जनाको मृत्यु भएको पनि विश्वविद्यालयले जानकारी दिएको छ ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्